डेढ करोडको चेकसहित विद्युतका कर्मचारी पक्राउ

काठमाण्डौं, साउन २५ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ गरेको छ ।

उनलाई सिन्धुली कमलामाई नगरपालिका–९ बाट शनिबार पक्राउ गरेको हो । उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको आयोगले जनाएको छ । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक हुन् ।

प्रक्रिया नै नपु¥याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौँ जाने क्रममा गुप्ता पक्राउ गरेको अधिकारीले जानकारी दिए । गुप्ताको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।