डेढलाख नगद सहित पोखराबाट ६ जुवाडे पक्राउ (४ महिला २ पुरुष को को हुन् ?)

पोखरा, जेठ ३ ।
पोखराबाट ठूलो रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ७ मासबाटरमा डेरा गरि बस्ने ३५ बर्षिया मुना गुरुङले अवैध रुपमा जुवातास खेलाएको सुईंको पाएपछि प्रहरीले छापा हानेको हो । ताल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ३ बुक तास र १ लाख ५२ हजार रुपैयाँ नगद बरामद गरिएको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा ३ का ५७ बर्षिय पूर्णबहादुर गुरुङ, पोखरा ५ का ३९ बर्षिय ठाकुर गुरुङ, पोखरा ७ का ३७ बर्षिया प्रेम कुमारी गुरुङ, सोही ठाउँकी ३५ बर्षिया मीना पुन, पोखरा ८ की ४० बर्षिया संगीता गुरुङ र पोखरा १५ की ३६ बर्षिया मुना गुरुङ छन् । उनीहरुको अनुसन्धान भैरहेको छ ।

File Photo