डिल्लीबजार जेलबाट कैदी भाग्दा प्रहरी समातिए

काठमाण्डौं, माघ ५ ।
बिहिबार राती डिल्लिबजार जेलबाट कैदी भागेका छन् । लुटपाट तथा डकैती मुद्दामा जेल परेका टिकाबहादुर थापा भागेका हुन् । कैदी कसरी भागे भन्ने अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए । प्रहरीकै मिलेमतोमा भागेको हुनसक्ने आशंकामा केही प्रहरीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको छ । कैदी भागेको डिउटीमा रहेका प्रहरीले बिहान मात्र थाहा पाएका थिए ।
महानगरीय प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठनको तयारी गरेको छ । असईसहित केही प्रहरीलाई नियन्त्रणमा लिइएको छ । आन्तरीक प्रशासनमा काम गर्ने नाइकेहरुमाथि समेत छानबिन थालिएको छ । जेलबाट भागेका कैदी थापा कुख्यात अपराधी भएको प्रहरीहरु बताउँछन् ।