डा. केसी आजपनि प्रहरी हिरासतमै, बहस बुधबार

काठमाण्डौं, पुस २५ ।
अवहेलना मुद्धामा पक्राउ परेका डा. गोविन्द केसी आजपनि प्रहरी हिरासतमै राखिने छ । मंगलबार (आज) का लागि राखिएको बहस सरेपछि उनलाई हिरासत मुक्त नगरिएको हो । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।
तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । बयानका क्रममा केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि छानविन गर्न माग गरेका छन् । अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् । सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको थियो ।