डा. केसीको समर्थनमा बाबुरामसँगै सुशीला, गगन र मनिषा पनि सडकमा (LIVE)

काठमाण्डौं, साउन ५ ।
आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडीसँगै देखिएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सत्याग्रही डा. गोविन्द केसीको माग पुरा गर’, हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा. केसीको साथमा’, डा. केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन् ।