डा.केसीको पक्षमा पोखरामा प्रदर्शन

पोखरा, साउन ५ ।
अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै पोखरामा आज स्वतःस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै पोखराको पृथ्वीचोकबाट बृहत प्रर्दशनले पोखरा बजार परिक्रमा गरि सृजनचोकमा पुगेर सभामा परिणत भएको थियो ।

र्यालीमा नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता, ओली सरकार मुर्दावाद, माफियामुखी ऐन चाहिदैन, शिक्षा र स्वास्थ्यमा राजनिति बन्द गर लगायतका नारा अंकित प्लेकार्ड सहितको नारा लगाएका थिए ।

यालीमा सहभागिहरुले डा.केसीको साथमा छौं, डा.केसीको जिवन रक्षा गर, सरकारी गुण्डागुर्डी अन्त्य गर, चिकित्सा शिक्षा ऐन पारित गर, माफिया तन्त्र अन्त्य गर, माथेमा प्रतिवेदन लागु गर, माफियाको मिसन, सिटामोलमा कमिसन लगाएतका नारा सहित प्रदर्शनमा उत्रिएका थिए । प्रर्दशनमा युवा, महिला, विद्यार्थी, तथा विभिन्न पेसा व्यसायमा आवद्ध सर्वसाधरहरुको सहभागिताा रहेको थियो ।

यसैबीच, पोखराकै पृथ्वीचोकमा पनि छुट्टै प्रदर्शन भएको थियो । पोखराका अगुवाहरु सहित राजनीतिकर्मी र विद्यार्थीहरुको उपस्थितीमा प्रदर्शन गरिएको हो । उनीहरुले डा. केसीको माग जनताको पक्षमा भएको भन्दै माग सम्बोधन गर्न र केसीको जीवनरक्षाको माग गरेका छन् ।