डा उपेन्द्र देवकोटाको मिर्गौला पनि फेल

काठमाण्डौं, जेठ २७ ।
गम्भीर बिरामी वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भइसकेको छ । पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला भएको हो ।

मिर्गौलाले फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न सुरु गरिएको छ । हालसम्म डा. देवकोटाको ४ पटक डायलाइसिस भइसकेको न्युरो अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

डा. देवकोटालाई न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन् । मिर्गौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन् ।

डा देवकोटाको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो । उनको शुक्रबार पनि डायलाइसिस गरिएको थियो । आइतबार पनि डा देवकोटाको डायलाइसिस गर्ने तयारी भइरहेको छ । क्यान्सरका कारण गम्भीर अवस्थामा पुगेका डा देवकोटाको मिर्गौलाको पहिलो उपचार सुरु गरिएको छ ।