डाक्टरले मृत घोषणा गरेको शिशुले सास फेरेपछि……

चितवन, असोज २९ ।
आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पु¥याएपछि सास फेरेका छन् । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले आइतबार बिहान साढे ११ बजे बच्चा जन्माएकी थिइन् ।

त्यसको १० मिनेटपछि डाक्टर बिनोद पाठकले बच्चाको मृत्यु भएको प्रमाणीकरण गरेका थिए । २४ सातामै जन्मिएको बच्चाको तौल ९ सय ग्राम मात्रै थियो ।