ट्होटे पर्वको अवसरमा आज पोखराका विद्यालयहरु बिदा

 

पोखरा, साउन २८ ।

पोखरा महानगरपालिकाले आज विद्यालय विदा दिने निर्णय गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आज परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ को नियम ६६ को उपनियम ३ मा विद्यालय व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा ५ दिन सम्म स्थानिय विदा दिन सक्ने व्यवस्था रहेको छ ।

सोहि व्यवस्थाअनुसार सम्पूर्ण विद्यालयहरुलाई विदा दिई सहयोग गर्न महानगरले अनुरोध गरेको छ ।

गुरुङ समुदायको महान पर्व साउन महिनाको अन्तिम मंगलबार मनाइने ट्होटे पर्वको संरक्षण गर्ने उद्देश्यले स्थानिय विदा कट्टि हुने गरी आज पोखराका विद्यालयहरु विदा गरि सहयोग गर्न घोषणा गरिएको पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले बताए ।