ट्रायथलनमा नेपालकी सोनुले जितिन् स्वर्ण

पोखरा, मंसिर १६ ।
१३ औं साग अन्तर्गत पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् ।

प्र्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागिता थियो । पुरुषतर्फ भारतले स्वर्ण जितेको छ । श्रीलंका दोश्रो र नेपाल तेश्रो भएको छ । अफिसियल घोषणा हुन बाँकी छ । खेलको पुरुषतर्फ नेपालका बसन्त खवासले कास्य पदक हात पारेका छन् ।