ट्राफिकलाई सघाउन विद्यार्थी सडक झरे

शान्ता कमली
बेंशीशहर, माघ १२ ।
सवारी दुर्घटना न्युनिकरण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन लमजुङका विद्यार्थी सडकमा उत्रीएका छन् । शुक्रबार सदरमुकाम बेसीशहरस्थीत जनविकास मावि र विद्याविकास माविका विद्यार्थीहरु सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन सडकमा उत्रीएका हुन् । करिब एक सय ५० को संख्यामा रहेका विद्यार्थीले ट्राफिक नियमसम्बन्धी चेतनामूलक पर्चा र पम्पलेट हातमा बोकेर बेसीशहरको मनाङे चौतारा, भिमसेनस्थान चोक, नारयणस्थान चोक र शेरा बजार परिक्रमा गरेका हुन् । ‘सवारी दुर्घटना बढ्दै गएको र सवारी दुर्घटनाका कारण ज्यान जान थालेपछि सचेतनाका लागि हामी सडकमा उत्रिएका हौं,’ जनविकास मावि कक्षा ९ का विद्यार्थी मनिषा गुरुङले भनिन्, ‘दुर्घटनामा परी अकालमै कसैको ज्यान नजाओस् भनी सचेतना फैलाउने हाम्रो उद्देश्य हो ।’
त्यस्तै विद्याविकास मावि कक्षा ९ मा अध्यायनरत सरोज घिमिरेले भने ‘ट्राफिक नियमसम्बन्धी सचेतना फैलाउन र दुर्घटना न्युनिकरणमा विद्याथीको महत्वपुर्ण भुमीका’ हुने भएकाले सडकमा उत्रीएका हौ । उनले विद्यार्थीहरुले विद्यालय साथै समुदयमा ट्राफिक नियम सम्बन्धी जानकारी गराए दुर्घटनामा कमी हुने बताए । सचेतना अभियान कार्यक्रममा सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी दिइएको थियो भने सवारी दुर्घटना न्युनीकरण सम्बन्धी विभिन्न पर्चा तथा स्टीकरहरु वितरण गरिएको थियो । पछिल्लो समय सवारी दुर्घटनाहरु बढ्दै गएको र सवारी चालकहरुलाई सवारी नियमको बारेमा जानकारी दिनका लागी ट्राफिक प्रहरी मात्र नभइ विभिन्न क्षेत्रका मानिस र विद्यार्थीहरु संग मिलेर यो अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका हवल्दार भुमीराज घिमीरेले वताए । उनले भने विभिन्न संघ सस्थाको सहकार्यमा सवै जना मिलेर ट्राफिक नियमको बारेमा सवारी चालकलाई जानकारी दिदा दुर्घटना न्युनीकरणमा सघाउ पुग्नेछ । लमजुङमा आर्थिक वर्ष ७२÷७३ मा साना ठुला गरी १२ सवारी दुर्घटनामा परेका थिए भने ७३÷७४ मा ५ ओटा सवारी दुृर्घटना मा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ ।
आव ७२÷७३ मा सवारी दुर्घटना बाट २३ जनाको ज्यान गएको थियो भने ७३÷७४ मा सवारी दुर्घटना बाट ४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङले जनाएको छ । सवारी दुर्घटना न्युनीकरण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ र सामुदायिक सेवा केन्द्रको आयोजनामा सचेतना अभियान सञ्चालन गरेको हो ।