ट्रम्पका पूर्वसल्लाहकार स्टोनलाई ४० महिनाको जेल

 

एजेन्सी, फागुन ९ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लामो समयका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ ।

अमेरिकी न्याय विभागले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर काममा बाधा र्पुयाएको भन्दै उक्त सजाय सुनाइएको हो ।

त्यसैगरी, राष्ट्रपति ट्रम्पलाई गैरकानुनी काम गर्न प्रोत्साहन गरेको पनि उनीमाथि आरोप लगाइएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेपबारे अनुसन्धान गर्नेक्रममा संसदीय समितिहरुमा झुट बोलेर गलत सूचना दिएको आरोप लगाइएको छ ।

स्टोनलाई ‘विकिलिक्स’लाई सम्पर्क गर्ने उनको प्रयासका बारेमा छानबिन समितिसमक्ष झुट बोलेको आरोप लगाइएको छ ।

यस्तै, निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धी हिलारी क्लिन्टनका बारेमा गलत इमेलहरु प्रकाशित गरेको आरोप लगाइएको छ ।

उनी ट्रम्पका छैटौं सहयोगी हुन् । जो न्याय विभागको अनुसन्धानमा जोडिएको आरोपमा दोषी ठहरिएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने आफ्ना सहयोगीलाई माफी दिने संकेत गरेका थिए । तर, ट्रम्पको चाहनाविपरीत अदालतको फैसला आएको हो ।