टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा जयगाउँ होमस्टेमा

 

पोखरा, भदौ २७ ।

हरेक वर्ष होम स्टेमा आफ्ना विभिन्न कार्यक्रम गर्दै आएको टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा तथा होमस्टे कार्यक्रम कास्की र पर्वतको सिमाना मोदी गाउँपालिका अन्तर्गतको जयगाउँमा सम्पन्न भएको छ । सभामा व्यवसायिहरुले समय सापेक्ष अगाडी बढ्न नसके कुनैपनि व्यवसाय दीघो हुन नसक्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रमका अध्यक्ष प्रेम शर्मा पौडेलले प्रविधिको विकाससंगै बुक सप व्यवसाय संकटमा परेको बताए । त्यसैगरि फलेवास नगरपालिका १ का अध्यक्ष बाबुराम पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टे प्रभावकारी हुँदै गएको बताए ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ग्रामीण क्षेत्रमा उत्पादित खानाका लागि जोड दिनुपर्ने बताए ।

कार्यक्रममा गाउँ पर्यटन मञ्चका अध्यक्ष रबिन्द्र पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको जरुरी रहेको बताए ।
कार्यक्रममा स्थानिय युवा विष्णु पोखरेलले ग्रामीण पर्यटन प्रवद्र्धन सफल भएमा विदेश जाने युवाहरुलाई गाउँमै रोजगारी दिन सकिने भएकाले घरआवास कार्यक्रमलाई सबैको सहयोग रहेको जानकारी दिए । सो गाउँमा अर्गानिक खेती र योगा सेण्टरलाई प्रभावकारी रुपले लैजाने उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै संस्थाका सदस्य दुर्गा शर्माले महिलाहरुको सहभागिता होमस्टे प्रवद्र्धनका लागि उर्जाशिल भएको बताइन् ।

सो अवसरमा होमस्टे संचालकहरु लक्ष्मी पोख्रेल, कृष्ण पोखरेल लगायतले गाउँको बारेमा बोलेका थिए भने संस्थाका सचिव भरतबहादुर पौडेल, सदस्य सावित्रा तिमिल्सीना लगायतले होमस्टेका बारेमा आ–आफ्ना भनाई राखेका थिए ।