टान नेतृत्वमा कामी रेञ्जीको उम्मेदवारी (अन्तरबार्ता)

काठमाण्डौं, साउन ६ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदैँ गर्दा अन्तरपार्टी नेतृत्वको चर्चा पनि बढ्दै गएको छ । भदौ २० गते हुने निर्वाचनमा उपेन्द्र यादब, बाबुराम भट्टराई नेतृत्वको समाजबादी पार्टी नेपालका तर्फबाट कामी रेन्जी शेर्पाको नाम चर्चामा छ । चावहिलमा सांग्रिला रिजन ट्रेक्सका सञ्चालक हुन कामी रेन्जी ।

उसो त, शेर्पा नेपाली पर्यटन क्षेत्रमा प्रवेश गरेको ४२ बर्ष पुरा भईसकेको छ, यसहिसाबले उनी टानको आगामी संभावना र चुनौती बुझेका उपयुक्त नेतृत्व हुन । सोलुखुम्बुको हिमाली काखमा जन्मेहुर्केको शेर्पा परिवारका सदस्य यीनले जति सायदै कसैले नजिकबाट पदयात्रालाई नियालेको होला, तर फेरी पनि व्यावसायिक नेतृत्व भन्दै गर्दा दलिय अंकगणितले यीनलाई जोगाउला की पन्छाउला ।

गन्तव्य नेपालसँगको कुराकानीमा निकै शान्त रुपमा प्रश्तुत भएका शेर्पाको बिश्वास आफ्नै समुदायको शेर्पा संगठन भित्रका सदस्यमा रहेछ, ‘ शेर्पा संघमा अहिले ३ सय सदस्य छन, सबैले सदस्यता नबिकरण गरेका पनि छैनन, यसो हुँदा १५० ले त मलाई सहयोग गर्छन नै ।’

यसअघि गैरशेर्पा साथीहरुले पनि सहयोग गरेरै टानमा प्रथम उपाध्यक्षमा निर्वा्चित भएँ, यसपाला पनि उनीहरुले सहयोग गर्छन, टानलाई एकताबद्ध बनाएर लैजान्छु भनेर सबैलाई भन्छु, साथीहरुले पक्कै बिश्वास गर्छन,– उनी यसै भन्दै थिए ।’

टानमा व्यावसायिक प्रतिनिधीत्वका हिसाबले कामी रेन्जी शेर्पा एउटा युग पात्र त, हुँदै हुन, उनी आफैले चै आफ्नो उमेद्धवारीको तालमेल र टानको नेतृत्वलाई कसरी लिएका छन, बुझ्ने कोशिस गरेका छौ ।

टान नेतृत्वमा उमेद्धवारी किन ?

टानमा राजनीतिकरण सुरु भएको छ । व्यावसायिक मुद्धा ओझेलमा पर्ने र व्यावसायीलाई चिल्ला कुरा गरेर अल्मल्याउने जुन काम भएको छ, यसलाई चिर्दै एकीकृत बनाउने प्रयासका रुपमा मेरो उपस्थीति रहनेछ ।

सर्बसहमतिय की चुनाबी पक्षमा ?

जुनसुकै बिकल्पमा पनि तयार छु ।

रेन्जी शेर्पाले अहिले हल्ला गरिराखेको छ, पछि मैदान छोडेर भाग्छ, भन्ने छन नी ?

त्यो निराधार कुरा हो । म भन्दा उपयुक्त पात्र भेटियो भने उसलाई सघाउन पनि तयार नै छु ।

तपाईलाई दह्रै व्याक सर्पोट छ की के हो ?

साथीभाईहरुको सद्भाव त भैहाल्छ नी, त्यो भन्दा बढि मेरो आफ्नै ईच्छा र व्यावसायीको रोजाईले काम गरेको हो ।

तपाईको दलको हैसियत खास देखिदैन, दालमा चिल्लै हो ?

टानमा राजनीतिक पृष्ठभुमि भन्दा पनि व्यासायिक हित व्यक्तिको जरुरत छ, पार्टीले अर्थ राख्दैन । अहिलेको अंकगणित हेर्दा नेकपा सबैभन्दा शक्तिशाली छ, ५० बर्षसम्म सबै क्षेत्रमा रजाँई गर्ने पालो हाम्रै हो भनेर उसले भनिराखेको छ, तपाईहरु हेरेको हेर्यै हो ? जितेर नेतृत्व गरे त भैहाल्यो नि, तर यस्तो कुराले बिकृती बिसंगती बाहेक अन्य केही कुरा प्राप्त हुनेवाला छैन ।

शेर्पा संघको दह्रो साथ छ, हो तपाईलाई ?

सबैले सदस्यता नबिकरण गरेका पनि छैनन, तिन सय मध्ये आधाले मलाई सहयोग गर्छन भन्नेमा बिश्वस्त छु । गैरशेर्पाले पनि मलाई बिश्वास गर्छन नै ।

नेकपा प्रबेश गर्ने तयारीमा हुनुहुन्छ हो ?

यो एकदमै निराधार कुरा हो । एक भोट मात्रै आएपनि अहिलेकै पार्टीमा बस्छु । त्यो भन्दा बढि कुरा टानमा व्यावसायिक हितको लागि सक्रिय हुनेछु ।

नेकपा राम्रो पार्टी होईन हो ?

पार्टी ठिकै होला, नेतृत्व ठिक छैन भन्न खोज्या हुँ ।

तपाईलाई भोट किन दिने ?

४२ बर्ष भयो, यही छहारीमा योगदान दिएको । टुरिजम राम्रो होस भनेरै लागिपरिरहेको छु । टानमा बिभिन्न बिचार समुहका फरक व्याक्तिहरुको उपस्थीति छ, उनीहरु सबैको बिचार समेट्दै अगाडि बढ्ने कोसिस गर्छु । गन्तब्य नेपालबाट साभार