टाइब्रेकरमा एपिएफ पराजीत, झापा क्वाटरफाईनलमा

पोखरा, फागुन २३ ।
पेनाल्टी सदुपयोग गर्न नसक्दा विभागीय टोली एपिएफ पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । ५३ औं मिनेटमा झापाका गोलरक्षक राजकुमारले एपिएफका विकु तामाङलाई डिबक्सभित्रै लडाएपछि पाएको पेनाल्टी एपिएफका नवीन लामाले सदुपयोग गर्न सकेनन् । उनको यही गल्ती एपिएफका लागि महंगो बन्यो ।

निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयको २१ औं मिनेटमा झापाले अग्रता लियो । झापाका लागि मिनेटमा सुनिल खड्काले गोल गर्दै अग्रता दिलाए । तर त्यो अग्रता खेलको अन्तिम मिनेटमा टुंगियो ।

एपिएफका आकाश बुढामगरले गोल गर्दै खेललाई बराबरीमा लगे । त्यसपछि टाइब्रेकरमा थकेलिएको थियो । टाइब्रेकरमा झापाले ५–३ गोल अन्तरले एपिएफलाई हराएको हो । झापाको लागी हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र कप्तान संजित राइले गोल गरे भने एपीएफका लागी नविन लामा, राजिव लोप्चन र गोलरक्षक राजु नगरकोटीले गोल गरे ।

टाइब्रेकरमा पनि एपिएफका सुदिप शिख्राकारको पेनाल्टी झापाका गोलरक्षकले बाहिर फालिदिए । पहेंलो कार्ड पाएका झापाका गोलरक्षक राजकुमार दुईवटा पेनाल्टी रोक्दै खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबार आयोजक सहारा क्लव र अर्को विभागीय टोली नेपाल पुलिस क्लवबीच प्रतिश्पर्धा हुनेछ ।