टंकादेवी–तुलसीप्रसाद पुरस्कार पत्रकार पनेरुलाई

पोखरा, भदौ ३१ ।
यसैबीच, टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार युवा तथा क्रियाशिल पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ । कुशुमकेशव पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेपछि पत्रकार महासंघ कास्कीको कार्यसमिति बैठकबाट पुरस्कार पनेरुलाई दिनेगरी अनुमोदन गरेको हो । एकदशक भन्दा अघिदेखि पत्रकारितामा लागेका पनेरु पोखराको बिग एफएममा र पोखरा आवाज दैनिक पत्रिकामा कार्यरत छन् ।
पुरस्कारको राशी २० हजार र प्रमाणपत्र छ । मालेपाटनका स्व. टंकादेवी–तुलसीप्रसादका छोरा सूर्यप्रसाद, सूवर्णप्रसाद र रुदप्रसादका परिवारद्वारा स्थापित यो पुरष्कार पश्चिमाञ्चलकै प्रतिष्ठित मानिन्छ ।