झापामा खुल्ला बक्सिङ प्रतियोगिता हुने

काठमाण्डौ, पुस १६ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको हो ।

५ दिनसम्म चल्ने प्रतियोगिता झापाको विर्तामोडमा गर्ने तयारी भएको नेपाल बक्सिङ संघका कार्यालय सचिव सन्तोष भण्डारीले जानकारी दिए ।