झलकमान गन्धर्वलाई सम्झदै मेलोडीको औपचारिक शुभारम्भ हुने

 

पोखरा, साउन ३१ ।

पोखराको बाटुलेचौरमा रहेको झलकमान गन्र्धव सारङ्गी पाठशालालाई संगीत सामाग्री हस्तान्तरण गरि मेलोडी क्याफे एण्ड लाउञ्ज वार औपचारिक शुभारम्भ हुने भएको छ ।

भाद्र १ गते देखि औपचारिक शुभारम्भ हुन लागेको क्याफले शुभारम्भको पृथक तरिका अपनाउन खोजेको हो । गायक समेत रहेका सञ्चालक विनोद बानियाले मौलिक संगीतको शुरुवात विन्दु मानिने सारङ्गी बचाउने अभियानलाई प्रोत्साहन गर्न शुभारम्भको अवसरमा मादल, सारङ्गी लगायतका सामाग्री हस्तान्तरण गर्न लागिएको जानकारी दिए । उनले भने “पोखरा संगीतको उर्वरभुमी हो । झलकमान गन्धर्वले उचाईमा पुर्याएको सारङ्गी वादन र गायनलाई संरक्षण गर्नु हाम्रो पनि दायित्व हो ।”

२०६६ सालमा स्थापना भएको झलकमान गन्धर्व सारङ्गी पाठशालामा दैनिक ८ जना विद्यार्थी प्रशिक्षणका लागि आउने गरेको पाठशालाका अध्यक्ष धनबहादुर गायकले बताए । २ सय ५० भन्दा धेरैले यसै पाठशालाबाट सारङ्गी वादन सिकीसकेका छन् । सारङ्गी वादनको मौलिक संगीत जगेर्नाका लागि स्थापित पाठशालालाई अहिले सम्म कतैबाट सहयोग उपलब्ध हुन सकेको थिएन ।

नयाँ व्यवस्थापन र स्वरुपका साथ क्याफे सञ्चालनमा आइसकेपछि नयाँ सोँचका साथ सामाजिक उत्तरदायित्वका काम गर्न लागिएको क्याफेका अध्यक्ष सुरेश पहारीले बताए । ‘साउन भरि प्रि ओपनिङ गरेका थियौं’ उनले भने ‘प्रि ओपनिङको व्यापारले हामी उत्साहित छौं, औपचारिक ओपनिङ पछि अझ बढि ग्राहकको मन जित्नेछौं भन्ने हामी ढुक्क छौं ।’ बदलिंदो समय, ग्राहकको रोजाइमा देखिएको परिवर्तनलाई मध्यनजर गर्दै मेलोडी क्याफे एण्ड लाउञ्ज बारलाई परिमार्जन गरि सञ्चालनमा आएको हो । १ करोड रुपैयाको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीहरु गायक विनोद वानिया, सुरेश पहारी र एकराज गिरीको लगानी रहेको छ ।
‘सारङ्गी नेपाली मौलिक बाजको पहिचान हो’ क्याफेका सञ्चालक एकराज गिरीले भने “कुनै बेला मनोरञ्जन संगै सञ्चारको समेत काम गर्ने गन्धर्व गायनलाई प्रवद्र्धन गर्न क्याफेको शुभारम्भमा सहयोग गर्न लागेका हौं।”

क्याफेले यसअघि पनि बाटुलेचौरमा रहेको बाल आश्रममा सहयोग गरेको थियो भने संगीतमा योगदान दिने व्यक्तित्वको सम्मानका लागि मेलोडी अवार्ड प्रदान गर्दै आइरहेको छ । विगतमा साँझ मात्रै गजल रेष्टुरेण्टका रुपमा सञ्चालित क्याफे अब विहानको बे्रकफास्टबाटै खुल्ला रहने छ ।

नयाँ व्यवस्थापन आएपछि क्याफे बिहानको ब्रेकफास्ट तथा दिँउसोको खाजाका लागि पनि खुल्ला रहने क्याफेका सञ्चालक गायक बानियाले जानकारी दिए । उनले मेलोडी अवार्ड भदौ महिनामा प्रदान गर्ने गरि तयारी थालिएको पनि जानकारी दिए । संगीतमा साधनारत स्रष्टाको सम्मानका लागि स्थापित मेलोडी अवार्डबाट यसअघि गीतकार तीर्थ तामाङ, संगीतकार सुनिल थापा सम्मानित भइसकेका छन् ।

कार्यलय तथा काममा व्यस्त रहने व्यक्तिहरुलाई मध्यनजर गरि शुभारम्भको अवसरमा ल्याएको मेलोडी नाइन्टी नाइन स्किम ग्राहकले रुचाएको गिरीले जानकारी दिए । मेलोडी नाइन्टी नाइन खाजाको प्याकेज जम्मा रुपैया ९९ मा उपलब्ध हुनेछ । क्याफेको शुभारम्भको अवसरमा हरेक साँझ ख्याती प्राप्त कलाकारहरुका साथ लाइभ म्युजिक रहने छ । दैनिक सांगितिक कार्यक्रमका लागि संगीतमार्फत पोखरालाई चिनाउन सफल गायक विनोद वानिया, इतु जोजिजु लगायतका कलाकारको प्रस्तुती रहने छ । भाद्र १ देखि १५ दिन शुभारम्भको समय तोकिएको छ ।