जेठ २२ गते कास्कीमा शैक्षिक हडताल

पोखरा, जेठ २१ ।
अखिल क्रान्तिकारी कास्कीले यही जेठ २२ गते कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै नेकपाको विद्यार्थी संगठनले हड्ताल घोषणा गरेको हो ।

गत १२ गते अखिल ९क्रान्तिकारी० कास्कीका जिल्ला सचिव विश्वास थापा (पवन) लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक तथा मानसिक यातना दिएको क्रान्तिकारीको दाबी छ ।

क्रान्तिकारी कास्कीका अध्यक्ष काजी गुरुङले प्रेसविज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।