जुलोजिकल पार्कको विवाद मिलाएर लैजान युनाईटेड क्लवका सल्लाहकारहरुको आग्रह

पोखरा कार्तिक २२ ।
पोखरा लेखनाथस्थि पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाईटेड क्लवका सल्लाहकारहरुले जोड दिएका छन । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा अधिकांश सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजानका लागी युनाईटेड क्लवलले पहलकदमी गर्नुपर्ने वताएका हुन । युनाईटेड क्लवको पांचौ अधिवेशनबाट निर्वाचित नया पदाधिकारी र हालै चयन भएका सल्लाहकारहरुको तेश्रो वैठकमा अधिकांश सल्लाहकारहरुले पोखरा जुलोजिकल पार्कको विवाद मिलाएर जानुपर्नेमा जोड दिएका हुन ।


बैठकमा वोल्दै क्लवका सल्लाहकार शुसिलराज पराजुलीले युनाईटेड क्लवको पहलकदमी र प्रदेश सरकारको सहयोगमा पोखरा लेखनाथमा पोखरा जुलोजिकल पार्क निर्माणको काम जारी रहदा केही स्थानिय र पार्क ब्यवस्थापन समिति बिच विवाद सिर्जना भइ अदालती प्रकृयामा रहेकाले त्यसलाई सुल्झाउनुको विकल्प नरहेको वताए । जुलोजिकल पार्क निर्माणका लागि स्थानीय संग छलफल गरी कानुन ब्यवशायी संग समेत सल्लाह लिएर अगाडि वढ्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै अर्का सल्लाहकार श्यामकृष्ण श्रेष्ठले युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणको लागि भन्दै वढी भन्दा वढी रकम छुट्याएको र चिडियाखाना क्लवको ड्रीम प्रोजेक्ट भएकाले जस्तोसुकै विवादलाई पनि सुल्झाएर क्लव अगाडी वढ्नुपर्नेमा जोड दिए । क्लवका सल्लाहकार पवित्रादेवी गुरुङले चिडियाखाना निर्माण प्रकृया अगाडी वढिरहदा केही त्रुटिका कारण उक्त काम रोकिएकाले त्यसलाई अगाडी वढाउनका लागी सवै पक्ष मिलेर जानुको विकल्प नरहेको वताइन ।

सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिमालय बख्रेलले पोखरा जुलोजिकल पार्कको विवाद समाधानका लागि आफुले पहलकदमी थाल्ने प्रतिविद्धता ब्यक्त गरे । क्लवले लिएको उद्देश्यमा आफु सधै लागिपरेको र आगामी दिनमा पनि आफ्नो तर्फबाट गर्नुपर्ने कुनै पनि सहयोग गर्ने बखैलले वताए ।

क्लवका सल्लाहकार विश्वप्रकाश लामिछानेले क्लवले हालै पोखराको साहित्यको उद्गम थलो लेखनाथको अर्चलेमा जग्गा किनेकोमा खुसी ब्यक्त गर्दै उक्त क्षेत्रमा साहित्य पर्यटनलाई आकर्षित गर्ने गरी क्लवले काम गर्न सके राम्रो हुने वताए । त्यस्तै अर्का सल्लाहकार प्रेमछिरी शेर्पाले क्लवले लिएको उद्देश्य संगै आगामी दिनमा दायरालाई फराकिलो वनाउदै सिर्जनशील काममा लाग्नुपर्नेमा जोड दिए ।

क्लवका पूर्व अध्यक्ष तथा सल्लाहकार सुक बहादुर गुरुङले क्लवमा रहेका सम्पूर्ण सदस्यहरु जिम्मेवार भएर क्लवको उद्देश्यलाई हासिल गर्नतर्फ लाग्नुपर्ने र सल्लाहकारहरुलाई समेत जिम्मेवारी बहन हुने काम दिनुपर्नेमा जोड दिए । त्यस्तै निवर्तमान अध्यक्ष लालकाजी गुरुङले क्लवको आर्थिक पाटो मजवुद बनाउनका लागी क्लवले महोत्सव बाहेकका अन्य वैकल्पिक योजनाहरु ल्याउनुपर्ने वताए ।

लिलाधर अधिकारीले क्ल्वले आफनै भवन निर्माणको लागि क्लवले पहलकदमी गर्नुपर्ने वताए । गोविन्द अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्रामीण भेगबाट आउने विरामीहरुलाई लक्षित गरी हेल्प डेस्क राख्न सके राम्रो हुने वताए । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए भने प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए । ।