जीप दुर्घटनामा परि पोखरामा एकको मृत्यु

 

पोखरा, पुस २६ ।

जीप दुर्घटनामा परि शनिबार पोखरा – १३ आर्वामा एक जनाको मृत्यु भएको छ ।

आर्वाको उपल्लो गाउँबाट काहुँखोला तर्फ आउदै गरेको ग २ च ९८५ नम्बरको दाना बोक्ने जीप आर्वाकै थापाको चौतारा नजिक दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्याङ्जा दरौ सिरुबारी घर भई पोखरा–१४ चाउँथे बस्ने १७ बर्षीय लक्ष्मण भनिने मन बहादुर सुनार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

जीप अनियन्त्रित भई पल्टँदा जीपमा सवार ३ जना मध्ये गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शनिवार बिहान ११:४५ बजे भएको उक्त जीप दुर्घटनामा परेका अन्य २ को अवस्था भने सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ ।

घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।