जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका २ जना पोखराबाट पक्राउ

पोखरा, असोज २९ ।
पोखराको पृथ्वीचोकबाट जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका दुईजना पक्राउ परेका छन् । पृथ्वीचोक स्थित राष्ट्रिय बाणिज्य बैंक भएको घरको तेश्रो तलाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलिले उनीहरुलाई पक्राउ गरेको बताईएको छ । दुवैजना प्रहरीको नियन्त्रणमा छन् । उनीहरुले दर्ता नै नभएको संस्थाको नाम राखेर अवैध काम गरेको बताईएको छ ।