जापानमा शक्तिशाली आँधी, एक जनाको मृत्यु, ४९ जना घाइते

 

एजेन्सी, साउन ३१ ।

जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

आँधी प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । क्रोसा नाम दिईएको सो आँधीले कारण ८ सय वटा हवाई सेवा र रेलवे सेवासमेत अवरुद्ध भएको तथा हजारौं यात्रु अलपत्र परेको जनाइएको छ ।

जापानका हिरोसीमा शहरका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । आँधीका कराण त्यहाँका अधिकांश घर भत्केका छन् । बिजुली आपूर्ति बन्द हुनका साथै ठाउँ ठाउँमा रुखहरु ढलेका कारण यातायात सेवासमेत अवरुद्ध बनेको छ ।

भारी बर्षापछि आएको आँधीका कारण केही स्थानमा पहिरो समेत गएको छ । भारी बर्षा र आँधी केही दिनसम्म रहने भन्दै सर्वसाधारणलाई सचेत रहन मौसमविद्हरुले सुझाव दिएका छन् ।

यसअघि चीनमा आएको लेकिमा नामको आँधीले २८ जनाको ज्यान गएको थियो ।