जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकार सोनिका र शोभितको घिनलाग्दो हर्कत !

पोखरा, असोज २३ ।
तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी मन्दिरमा असोज २४ गतेदेखि ३० गतेसम्म धार्मिक महोत्सव हुँदैछ । भिमादमा फेरि कात्तिक २९ गतेदेखि मङ्सिर ११ गतेसम्म दोस्रो भिमाद महोत्सव हुनेछ । कात्तिक ३० गतेदेखि मङ्सिर ११ गतेसम्म दमौलीमा तेस्रो आदिवासी सांस्कृतिक महोत्सव पनि हुनेछ ।

महोत्सवमा हुने भनेको कपडा र खानाको स्टल, विभिन्न खेल खेल्ने र सांस्कृतिक कार्यक्रम हेर्ने नै हो । कलाकार त चाहिने नै भयो । तनहुँमा कलाकारको कमी छैन । ख्यातिप्राप्त राष्ट्रिय कलाकार देखि स्थानीय क्षेत्रमा चर्चित कलाकारको अभाव छैन । जारी शुक्लागण्डकी लायन्स महोत्सवमा महानायकदेखि निर्देशक, गायक देखि मोडल धेरैलाई बोलाइएको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको पहिलो कार्यक्रम भएकाले पनि हुनसक्छ, भएभरका कलाकार जो चर्चामा छन्, उनीहरुलाई ल्याउन कुनै सम्झौता नगरेको महसुस गर्न सकिन्छ ।

युट्युबमा द्विअर्थी शब्द र छाडा बोल्दै भ्युज बटुलेर चर्चामा आएकी युवती हुन् सोनिका रोकाया । आफूलाई पत्रकारिताको विद्यार्थी भन्दै पत्रकारिताकै धर्म र मर्म विपरित कर्म गरिरहेकी उनी लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आँखामा प¥यो । आजकल महोत्सवमा ज्योति मगर, सरस्वती लामा, चन्दा दाहाल, लक्ष्मी आचार्यहरुकै बोलवाला छ । आयोजकको आँखामा नपरुन् पनि किन ? पोखराको लेखनाथ महोत्सवमा ज्योति मगरलाई आयोजकले बहिष्कार नै गरेको थियो ।

स्थानीय कलाकार भन्दा सोनिका रोकायाहरु ठूलो ठानेको आयोजकको आँखाको पट्टी बल्ल खोलिएको छ । जब, शनिबारका अतिथि कलाकार सोनिका रोकाया र शोभित बस्नेतको हर्कतको सामना गर्नुप¥यो । कलाकार भनेर निम्त्याइएका उनीहरुले बोलेका अश्लिल शब्द र गतिविधिले दुलेगौंडाबासी चकित भएका छन् । चलचित्र निर्देशक शोभित बस्नेत आफ्नै चलचित्र जगतका महिला सहकर्मीहरुसँग जोडिइरहने नाम हो । शोभित पनि यस घटनामा मुछिए । अहिले यो बारेमा मुख खोल्न सक्दैनन् र जसले घटनाबारे कुरा उठाउँछन् । फेसबुकमा सिधै ब्लक ठोक्न थालेका छन् ।

स्थानीय कलाकारले आफ्नो दैलोमा आयोजित महोत्सवमा आफूलाइ नबोलाएको भनी गुनासो गरिरहँदा दर्शकको डिमान्ड भन्दै भड्किलो प्रस्तुति दिने कलाकार काठमाडौबाट ल्याउँदा यो स्थिती देखिएको छ । यसको प्रत्यक्ष मारमा आयोजक नै परेको छ । अवैधानिक रुपमा सञ्चालित ब्लगहरुमा आयोजक सदस्य बिनोद बुढाथोकी विरुद्ध प्रचार भएका छन् । झण्डै दर्जन हावादारी अनलाइन ब्लगहरु स्वयं सोनिका रोकायाबाटै प्रचार भइरहेका छन् । आयोजक यसमा कतिको चोखो छ ? यसबारे भने सार्वजनिक रुपमा क्लब बोलिसकेको छैन ।

शनिबार राम्जी खाँण, घनश्याम रिजाल, सृजना खत्री हाउडेमाया, प्रिया भण्डारी, सोनिका रोकाया लगायत कलाकारको प्रस्तुति रहेको थियो । बेलुकीसम्म निकै उत्साहित हुँदै सोनिकाले फेसबुकमा पोष्ट समेत गरिरहेकी थिईन् । सोनिकाले आयोजकले पैसा कम दिएको स्टाटसका साथ हावादारी अनलाइन पोष्ट गरेपछि उल्टै आफू नै कमजोर हुने गरी घटनाको वास्तविकता खुल्यो ।

आयोजकले भने बियरको पैसा आफूहरुले नतिरिदिएपछि सोनिका र निर्देशक शोभित बस्नेत त्यसरी आक्रोशित भएको बताएको छ । महोत्सवमा निमन्त्रणा गर्ने बिनोद बुढाथोकी बिरुद्ध खनिएको महोत्सवका आयोजकले जनाएको छ ।

शनिवारको दिन महोत्सवमा दर्शकको माहौल तताएकी उनले आफ्नै सामाजिक सञ्जालमा शनिवार राति जहाँ गएपनि दर्शकको माया पाउने भन्दै स्टाटस राखेकी थिइन् । भोलिपल्ट बिहान पुनः अर्काे स्टाटस लेख्दै उनी आयोजक र बुढाथोकी बिरुद्ध खनिएकी हुन् । यद्यपी त्यो पोष्ट अहिले देख्न सकिन्न ।

घटना विवरण यस्तो छ

महोत्सव पश्चात उनले कार्यक्रममा उपस्थित भए वापतको पारिश्रमिक र मायाको चिनो ग्रहण गरेर आयोजकको गाडीमा नभई आफ्नै सुरले निर्देशक सोभित बस्नेतसंग होटेल पुगेकी थिइन । उनी सहित त्यस दिनका कलाकारका खाना र बासका लागि आयोजकले स्थानीय एक होटलमा व्यवस्था गरेको थियो ।

कार्यक्रम संयोजकले कलाकारलाई खान र बस्ने खर्च मात्र आयोजकले व्यहोर्ने, अन्य कुरामा नब्यहोर्ने पैष्ट पारेर निस्केका थिए । कलाकारहरुसँगै सोनिकाले पनि जुस खाईन् । होटलमा सोनिकाले झण्डै ४ घण्टा सम्म रमाईलो गर्दै बसिन् । निर्देशक शोभित बस्नेतले भने बियर पिएका थिए ।

बियर खाइसकेपछि कोठामा जानेबेलामा होटलका कर्मचारील बियरको पैसा मागेपछि सोनिकाले एक जना व्यक्तिलाई फोन गरिन् । फोन काटिए लगत्तै उनले त्यसदिन महोत्सवमा सहभागी चलचित्र निर्देशक शोभित बस्नेतलाई आयोजकले दिएको ‘मायाको चिनो’ भुईंमा फुटालिन् र अपशब्द बोल्न थालिन् । शोभित बस्नेत पनि अश्लिल शब्द बोल्न थाले । प्रत्यक्षदर्शीलाई लाजमर्दो भएको उनीहरुले सञ्चारकर्मीमाझ बताएका छन् । त्यसलगत्तै सोनिका र शोभित होटलमा नबसी बाहिर निस्के ।

महोत्सवमा सहभागी अन्य कलाकारहरुले भने आफ्ना पोस्टहरुमा आयोजकलाई धन्यवाद दिइरहेका छन् । यस घटनाले आयोजकलाई पहिलो अनुभवमै ठूलो पाठ भने सिकाएको छ ।

(होटलमा भएको त्यो घटनाको प्रमाण देखाउन तयार रहेको तनहुँका सञ्चारकर्मी बताउँछन् । सोनिका र शोभितको हर्कतको सिसि टिभीका फुटेज नै सुरक्षित रहेको तनहुँका पत्रकारहरुले हाक्काहाक्की सामाजिक सञ्जालमा लेखिरहेका छन् । अश्लिल शब्द बोलिएको कारण सार्वजनिक गर्न नसकिएको ।)
पत्रकार रञ्जन अधिकारीले गण्डकन्यूज डटकमका लागि समाचार लेखेका हुन् ।