जहिल्यै जिल्ला फेरिने गाउँ

रुकुम, पुस ६ ।
पुनःसंरचनासँगै रुकुम जिल्ला पुर्व र पश्चिम गरी विभाजित भयो । रुकुमपुर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भुगोलमा पर्यो ।

राणकालदेखि यहाँका वासिन्दाको ठेजाना फेरिएको फेरियै छ । जति पटक मुलुकको पुनःसंरचना हुन्छ यहाँँका वासिन्दा नयाँ जिल्लाका बन्छन् ।

साबिकको मैकोट र अहिलेको पुथाउत्ररगंगा गाउँपालिका १ र २ वडाका स्थानीयलाई सधैँ फरक जिल्ला पर्ने गरिएको छ । रुकुममा तत्कालीन तकबाछी, हुकाम, मैकोट, र रन्मा गाउँ पञ्चायत पाल्पा गौंगाअन्र्तगत थिए । गौंडा, उतिबेला सरकारी कार्यालय राखिने स्थान हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।