जनसक्रियमा स्वास्थ्य शिविर

पोखरा, कार्तिक ३० ।
जनसक्रिय टोल विकास संस्था पोखरा १४ ले विश्व मधुमेह दिवसको अवसरमा शिविर आयोजना गरेको छ । टोलले आयोजना गरेको शिविरमा १ सय ७४ जनाको सित्तैमा जाँच गरिएको छ ।

पिआरएलको प्रविधिक सहयोगमा भएको शिविरमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको थियो । पोखरा १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले भर्खरै स्थापना भएको टोलले स्वास्थ्य, सरसफाइ जस्ता जनसरोकारका क्षेत्रमा उदाहरणीय काम थालेको बताए । यो टोल कात्तिक २ गते दर्ता भएको हो ।

जनसक्रियका अध्यक्ष डिबी राईले टोलले हरेक शनिबार टोलमा सरसफाइ गरिरहेको बताए । उनले विकास र समृद्धिका लागि स्थानीय सरकार र नागरिकबीच पुलको कार्य गरिने बताए ।

कार्यक्रममा टोलका उपाध्यक्ष दिलीप सुवेदी, सचिव माधव क्षेत्री, सामुदायिक सेवा केन्द्र माटेपानीका उपाध्यक्ष मीरा आचार्य, खाल्टे टोल विकास संस्थाका अध्यक्ष सु. भीमबहादुर गुरुङ, शुक्रराज बलभद्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोमबहादुर कार्की, गैह्रीगाउँ टोलका अध्यक्ष दलमान पुन, नेकपा १४ अध्यक्ष बलबहादुर सेञ्चुरी, नेकपा जिल्ला सदस्य खड्क बिक र पोखरा १४ का वडा सदस्य ढोलबहादुर गुरुङले बोलेका थिए ।