जनप्रिय क्याम्पसमा अनेरास्ववियूको तालाबन्दी

पोखरा, भदौ १६ ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेकपा सम्बद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । पढ्ने समयमा फिल्मको प्रचार गरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख विरञ्जी गौतमको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियनले ११ र १२ कक्षाको पढाईलाई असर पर्ने गरी क्याम्पसको हाताभित्र फिल्म रोजको प्रचार गरेको उनीहरुको आरोप छ । जनप्रिय क्याम्पसका अनेरास्ववियु संगठन विभाग प्रमुख विनय पराजुली र अनेरास्ववियु क्रान्तिकारी जनप्रिय क्याम्पसका अध्यक्ष विशाल तामाङले संयुक्त विज्ञप्ती जारी गरी क्षमायाचना नभएसम्म तालाबन्दी गरिने बताएका छन् ।

फिल्म युनिट पस्नुभन्दा पहिले नै जानकारी गराएपनि प्रशासनले वेवास्ता गरेको अनेरास्ववियुका विनय पराजुलीले बताए । क्याम्पसको ताला खुलाउनका लागि शुक्रबार दिउँसो बैठक बसेपनि बिना निष्कर्ष टुंगिएको उनले बताए ।

‘दवावका लागि ताला लगाएको हो । सहमतिमा जाऔं भन्ने थियो, उनले भने–तर क्याम्पस प्रशासनबाट नै सक्रियता देखिएन । बैठक विना निष्कर्ष टुंगियो ।’ क्याम्पस प्रमुख गौतमले विद्यार्थीहरुको कार्यक्रम भएको बताए । ‘खासै ठूलो कुरा होईन । सबैजना मिलेर कार्यक्रम गर्नुभएको हो । भोलिपल्ट पनि कार्यक्रम हुँदा दिनदिनै किन गर्नुप¥यो भनेर चिन्ता ब्यक्त गर्नुभएको छ, उनले भने–बैठक बसेर समस्या समाधान हुन्छ ।’