जनतासँग काँग्रेसको विकल्प छैन–थापा

पोखरा, कार्तिक २० ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले जनतासँग काँग्रेसको विकल्प नभएको बताएका छन् । लामो समय कम्युनिष्टलाई विश्वास गर्दा पनि देशको विकास हुन नसकेको भन्दै उनले देशमा काँग्रेस रहुन्जेल कम्युनिष्ट शासन सम्भव नभएको बताए । कास्कीका काँग्रेसी महिलासँग छलफल गर्दै उनले काँग्रेससँग जनताको म्याण्डेड भएकाले यसपालिको चुनावमा जनताले गल्ती नदोहो¥याउने उल्लेख गरे । ‘काँग्रेसकै कारण विगतमा काँग्रेसले पराजय ब्यहोर्नुपरेको हो । कम्युनिष्टहरुको एकताले त्यो गल्ती यसपाली दोहोरिँदैन, उनी भन्छन्–वागी उम्मेदवार भएपनि पार्टी विपरित कसैले भोट हाल्दैनन् । मैले चुनाव जित्नेमा विश्वस्त छु ।’
दुई तिहाई बहुमत ल्याएर ४ नम्बर प्रदेशको सरकार काँग्रेसले गठन गर्ने थापाको दावी छ । ‘यो प्रदेश पहिल्यै पनि काँग्रेसको पकडमा छ । यसपालि पकड झनै वलियो हुन्छ, उनी भन्छन्–स्पष्ट बहुमत सहित हाम्रो सरकार वन्छ । त्यसपछि श्रोत साधनको उपयोग गरेर प्रदेशलाई समृद्ध बनाउने छौं ।’ उनले पर्यटन, उर्जा, कृषि र जनशक्ति परिचालनलाई चुनावी एजेण्डा बनाएका छन् ।