छोरेपाटनमा प्रतिभा प्रस्फुटन

पोखरा, भदौ २९ ।
पोखराको छोरेपाटनमा रहेको छोरेपाटन मावि खुल्ला प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको छ । बाल दिवसको अवसरमा छोरेपाटन बाल क्लबले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सूचना रिजाल, अमृत भण्डारी, आशिष काफ्ले, अन्जना सुवेदी, बिनिता लामिछाने, अनिता तिमिल्सिना, रेशमा खातिम, सन्जोग चापागाईं, नाजिमा क्षेत्री लगायतले प्रतिभा देखाएका थिए । यस्तै प्रशान्त पौडेलको समुहले भेदभाव विरुद्धको नाटक समेत प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विद्यालयका साहयक प्रधानध्यापक डिल्लीराम शर्माले बालबालिकासँग सम्बन्धित विषयहरु भाषण र नारामा मात्र सीमित नराखी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । क्लवका अध्यक्ष अनुप पौडेलले सन् २०१९ सम्म पोखरालाई बालमैत्री नगर बनाउन सबै क्षेत्रको समान आवश्यक्ता रहेको उल्लेख गरे ।