छोरीलाई बलात्कार, बाबुलाई बन्चरो प्रहार

पोखरा, फागुन ३ ।
एक व्यक्तिले लमजुङ राइनस नगरपालिका ६ सालफेदीमा एक युवतीलाई जबरजस्ति करणी गरेका छन् । लमजुङ राइनस नगरपालिका ६ सालफेदी बस्ने वर्ष १५ कि एक युवतीलाई सोहि स्थान बस्ने वर्ष ५६ बर्षिय ज्ञानबहादुर लामाले जबरजस्ति करणी गरेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
लामाले युवतीलाई ललाई फकाई घरदेखी केहीपर जंगलमा लगि जबरजस्तिकरणी गरिरहेको अवस्थामा युवतीका बुवाले देखेपछि छुट्टाउन खोज्दा बन्चरोले प्रहार गरि लामा फरार भएको प्रहरीले जनाएको छ । युवतीका बाबुको दाईने हातमा चोट लागेको छ । घाईते उनको स्थानिय मेडिकलमा उपचार भएको र फरार लामाको प्रहरीले खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।