‘चुनाव जितेर गएका आउँदै आएनन्’

पोखरा, कार्तिक २७ ।
बसपार्कको एजेण्डा पुरानै हो । बसपार्कमा रहेका सुकुम्बासीको समस्या पनि पुरानै हो । समस्या समाधान गर्न उम्मेदवारले जित्नु अघि धेरै आवश्वासन दिदैं गएको तितो यथार्थ उनीहरुसँग छ । स्थानीयको माग एउटै छ सडक पीच गरिदिनु प¥यो ।
“दुई पटक जितेका नेता फर्किएर आएनन् । हाम्रो समस्या पुरानै रह्यो ।” पोखरा ९ बसपार्कमा आफनो चुनावी अभियान लिए गएका प्रतिनिधि सभा, २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापालाई आफना गुनासा पोका फुकाउँदै सुनाए–“हाम्रो माग अरु छैन् । बाटो पिच गरिदिनु प¥यो ।”
२५ वर्षअघिदेखि बसपार्कको सुकुम्बासी बस्तीमा बस्दै आएकी कृष्णकुमारी भुजेलले आफु बस्दादेखिको बाटो उस्तै रहेको सुनाईन् । “बाटो पीच हुनुप¥यो । नालाको व्यवस्था गरिदिनुप¥यो ।” उनले भनिन–“पहिला पनि भोट माग्न यसरी नै आएका थिए । तर जितेर गएपछि एकपटक पनि फर्किएनन् ।”
भोट दिएर पनि आफनो समस्या पुरानै अवस्था रहेकोप्रति स्थानीयबासिन्दा भने रुष्ट छन् । “पहिला जनताको कुरा गर्छु भन्दै भोट मागे । जितेर गएको उम्मेदवार फर्किएर सुकुम्बासी बस्तीमा आएनन् ।” सुकुम्बासी बस्तीका हर्कबहादुर श्रीस मगरले भने–“जति भोट दिएपनि फर्किएर नआउनेलाई फेरी दिन्नौं ।”
पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बसपार्क क्षेत्रभित्र सडक पीच गर्न बजेट विनियोजन भईसकेको सुनाए । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष बनेका लामिछानेले अबको केही दिनभित्रैमा पीचको काम अगाडि बढाईने भन्दै आफना मतादातासँग उम्मेदवारको परिचय गराए ।
महानगरपालिकाले आवश्यक पुर्वाधारको लागि ६०–४० को प्रावधान ल्याएको छ । तर सुकुम्बासी बस्तीका सर्वसाधारणले ४० प्रतिशत रकम समेत जुटाउन नसक्ने स्पष्ट पारेका छन् । “४० प्रतिशत रकम जनताको हितको लागि उम्मेदवारले नै सहयोग गरिदिनुपर्छ भन्ने हाम्रो माग छ ।” स्थानीय महिलाले भनिन–“आश्वासनले हुदैन् । अघिल्लाले आश्वासन मात्रै दिए । कहिल्यै फर्किएनन् ।” स्थानीयले सुकुम्बासी बस्तीलाई लालपुर्जाको व्यवस्था गरिदिन समेत माग राखे ।
भोट भाग्न घरदैलोमा पुगेका उम्मेदवार थापाले सडक कालोपत्रे गर्ने जितपछिको आफनो पहिलो एजेण्डा भएको बताए । “मैले जितेभने सबैभन्दा पहिला तपाईहरुको समस्या सम्बोधन गर्छु । त्यसमा ढुक्क हुनुहोस ।” थापाले भने “सडकसँगै खानेपानी र बत्तीको व्यवस्थापन गर्ने मेरो जिम्मेवारी रहन्छ ।” थापासँगै स्थानीय युवाहरुले आफनो उम्मेदवार भएको बताउँदै थापालाई जिताउन कुनै कसर बाँकी नराख्ने भन्दै बस्तीको पुरै घरमा मतको अभियान चलाएका थिए । उनीसँगै प्रतिनिधि सभा सदस्य क्षेत्र नं २ का उम्मेवादर देवराज चालिसे तथा समानुपातिकका उम्मेदवार आनन्दराज मुल्मीसँगै महिला कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।