चुनावले अन्यौल भएको छ ? कास्कीमा कति समय गाडी चल्दैन हेर्नुस्

पोखरा, मंसिर २० ।
प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि कास्कीमा सुरक्षा अवस्था कडा बनाईएको छ । बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा अवस्था मजबुत रहेको जानकारी दियो ।
सुरक्षालाई दृष्टिगत गरी बुधबार राती १२ बजेदेखि विहिबार राती १० बजेसम्म सार्वजिनक सवारी साधन नचल्ने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार यो अवधिमा अत्यावश्यक सेवाका गाडीहरुलाई भने बन्देज हुने छैन ।