चुनावको अघिल्लो दिन बैदामका डीएसपी शाहको सरुवा

पोखरा, मंसिर १२ ।
उपनिर्वाचनको अघिल्लो दिन वडा प्रहरी कार्यालय बैदामका डीएसपी कोमल शाहको सरुवा भएको छ । बैदाममा कार्यरत डिएसपी शाहलाई प्रदेश कार्यालयमा सरुवा गरिएको हो ।

डिएसपी शाहको ठाउँमा सरकारले विनोद सुवेदीलाई पर्वतबाट ल्याएको छ । बैदामले अहिलेको निर्वाचन क्षेत्रका केही ठाउँहरुमा काम गर्छ ।

निर्वाचन प्रचार प्रसारका लागि मौन अवधि सुरु भइसकेपछि निर्वाचन आयोग आचार संहिता विपरित प्रहरी प्रमुखको सरुवा गरिनुलाई कास्कीमा निर्बाचनको निष्पक्षतासंग जोडेर हेरिएको छ ।

सरकारले आचार संहिता बिपरित डिएसपीको सरुवा गरेर निर्बाचन प्रभाबित पार्न खोजेको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सिता गुरुङसहितको टिमले बिहीबार गृहमन्त्री रामबहादुर थापा र प्रमुख निर्बाचन आयुक्त दिनेश थपलियासंग भेटेर यसबारे जानकारी गराएका थिए ।