चुनावअघि नै सरकार फेरिन सक्छ–पोखरेल

दाङ, असोज १८ ।
नेकपा एमालेका नेता शंकर पोखरेलले निर्वाचन अघि सरकार परिवर्तनका लागि पनि पहल गरिने बताएका छन् । सत्ता गठबन्धको प्रमुख दल नेकपा माओवादी केन्द्रले नै प्रतिपक्षी दल एमालेसंग एकता गर्ने तयारी गरेका बेला सरकार परिवर्तन हुने÷नहुने आंकलनकाबीच नेता पोखरेलले लोकतन्त्रको रक्षा र निष्पक्ष निर्वाचनका लागि कांग्रेस नेतृत्वको सरकार परिवर्तको पहल गरिने बताए ।
‘नेपाली कांग्रेस नेतृत्वको सरकार छउन्जेल लोकतन्त्र अप्ठयारोमा रहिरहने खतरा छ । यस्तै निर्वाचन पनि निष्पक्ष हुने सम्भावना छैन ।’ उनले भने ‘आँउदै गरेका दुई महत्वपुर्ण निर्वाचनलाई निष्पक्ष बनाउनका लागि सरकार परिवर्तनको पहल गरिनेछ ।’
छलफल चौतारी दाङले बुधबार घोराहीमा आयोजना गरेको ‘वाम धुव्रीकरण र नेपालको राजनीति’ विषयक संवाद कार्यक्रममा बोल्दै नेता पोखरेलले वाम एकता नाटकीय नभई निरन्तरको प्रयासले सम्भव भएको बताए । माओवादी र एमालेले आन्तरिक रुपमा धेरै पहिला देखि नै एकताका लागि छलफल गर्दैै आएको उनको भनाई थियो । ‘एक महिनाअघि सम्पन्न केन्द्रिय समितिको बैठकबाट औपचारिक रुपमा नै एमाले वामपन्थी , प्रगतिशिल शक्तिहरुबीच गठबन्धन निर्माण गर्नुुपर्ने निष्कर्षमा पुगेका थियो ।