चीनले दिएको खोप आजदेखि लगाईने

पोखरा, जेठ २५ ।
चीनले अनुदानमा दिएको भेरोसेल खोप आजदेखि नेपालमा लगाइने भएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन लागिएको हो ।

खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयले तोक्ने छ । नेपालमा ६० देखि ६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ । एकजनालाई दुई डोज खोप दिनुपर्छ । चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ ।