चिप्लीमा केन्द्रीय बिजुली

पोखरा, असोज २ ।
कास्कीको मादि गाउँपालिका वडा नम्वर ६ स्थित चिप्ली गाउँमा केन्द्रिय प्रशारण लाईन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विद्युत प्राधिकरण पोखराले विद्युत विस्तारको काम गरेको हो । बिद्युत विस्तार केही समयभित्रै सकिने र सबैले केन्द्रिय प्रशारणको बिजुली बाल्न पाउने प्राबिधिक इन्जिनियर रामशरण तिमिल्सिनाले जानकारी दिए ।
लघु जलबिद्युतबाट बत्ति बाल्दै आएका चिप्लीका बासिन्दा केन्द्रिय प्रशारण विस्तार भएपछि खुशी भएका छन् । छिट्टो विद्युत विस्तार गरिदिन काँग्रेस कास्कीका सभापति कृष्ण केसी, सिल्दुजुरेका काँग्रेस नेता खेम जिसी लगाएतको टोली सोमबार विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रमा डेलिगेसन समेत गएको थियो । प्राधिकरणका अनुसार दशैं लगत्तै विद्युत विस्तार सकिने र स्थानीयले बत्ती बाल्न पाउनेछन् ।
बिद्युत विस्तार भएपछि चिप्लिका ४० घर परिवार लाभान्वीत हुनेछन् ।