चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना

भरतपुर, साउन ३२ ।
डाक्टर र नर्ससहित चितवनमा एकैदिन थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २१ जना छन् । भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा चिकित्सक र नर्सहरु समेत छन् ।

यस्तै, रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा छन् ।