चर्चित भारतीय फिल्म बाहुबलीका प्रभाष नेपाल आउँदै

काठमाण्डौं, पुस ५ ।
साउथ भारतिय चर्चित नायक प्रभाषको लोकप्रियता ‘बाहुबली’ पछि नेपालमा पनि उत्तिकै छ । उनको चर्चा भारत र नेपालमा मात्र होईन पुरा विश्वमा नै बढेको छ । उनको यही लोकप्रियताको कारणले नै म्याडम तुसादमा स्टैचु निर्माण भएको पहिलो साउथ कलाकार पनि बने । उनै प्रभाष नेपाल आउने भएका छन् ।
‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म “रामया” को सुटिङका लागि जनकपुर आउन लागेको भारतीय मिडियाले जनाएको छ । फिल्म “रामया” मा प्रभाष एक योद्धाकै भूमिकामा देखिनेछन् भने राम सीताको कहानी समेत केही समावेश गरिएको हुनाले जनकपुरमा समेत ३ दृश्यको सुटिङ्ग हुने जनाइएको छ ।
प्रभाष सँगै बाहुबलीका कालकेयकाको रुपमा चर्चा कमाएका प्रभाकर समेत आउने जनाइएको छ । यद्धपी उनीहरु कहिले नेपाल आउँदैछन् भन्नेबारेमा केही खुलाईएको छैन् । प्रभाष बलिउडमा साहो फिल्मबाट पनि डेब्यु गर्देछन् । पछिल्लो समय नेपालमा बिदेशी फिल्महरुको सुटिङ निकै भईरहेको छ । सम्भवत बलिउड फिल्महरु भन्दा पनि साउथका धेरै फिल्महरु नेपालमा सुटिङ गरिएको छ ।