घैरुङमा सुरु भयो हिमालय देवी कप

पोखरा, पुस २६ ।
गोरखाको शहीद लखन गाउँपालिका ६ स्थित पिपलछापमा हिमालय देवी कप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोलीलाई पराजीत गर्दै साँधिखोला फुटवल क्लवले बिजयी सुरुवात गरेको छ ।

साँधिखोलाले आयोजक हिमालय देवी यूवा क्लवलाई १–० गोल अन्तरले पराजीत गरेको हो । दोश्रो खेलमा आयोजककै दोश्रो टोलीलाई तीनघरे क्लवले २–० गोलअन्तरले पराजीत ग¥यो ।

तेश्रो खेलमा चित्रेपोखरी फुटवल क्लवले मकैसिंग फुटवल क्लवलाई ३–० को फराकीलो अन्तरले पराजीत गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार ६ वटा खेल हुनेछन् । प्रतियोगितामा २१ टोलीको सहभागिता छ ।

शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ६ का अध्यक्ष दीलिपनारायण थापाले यूवा क्लवले गरेका यस्ता कार्यक्रमले गाउँ विकासका लागि इट्टा थप्ने काम गर्ने बताए । उनले यूवा पुस्ता विदेशीने अहिलेको अवस्थामा सबैले गाउँका लागि माया गर्नुपर्नेमा जोड दिए ।

हिमालय देवी यूवा क्लवको आयोजनामा माघ १ गते बृहत मेला लाग्नेछ भने विभिन्न प्रतियोगिताहरु पनि हुने संस्थाका सचिव राम गुरुङले जानकारी दिए । संस्थाका अध्यक्ष निर्मल गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।