घुस सहित पोखरामा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

पोखरा, मंसिर २६ ।
अख्तियार दुरुप्रयोग अनुसन्धान क्षेत्रिय कार्यालय पोखराले घुस सहित विद्युतका कर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार नगर २५ हजार सहित ईश्वर प्रसाद सुबेदीलाई अख्तियारको टोलील पक्राउ गरेको हो ।
नेपाल विद्युत प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका कर्मचारीलाई थ्री फेजेको लाइन जोड्न रकम लिएको अख्तियारको कार्यालले जानकारी दिएको छ । केहि दिन पहिले अख्तियारको टोलीले पोखरा कार्यारत सिचाँइका कर्मचारीलाई पनि पक्राउ गरेको थियो ।
सेवाग्राहीसँग २५ हजार घूस लिएको अवस्थामा निजकै कार्यकक्षबाट अख्तियारले पक्राउ गरेको जनाएको छ । इलेक्ट्रो फोर मेन चौथो तहमा कार्यरत सुवेदीलाई आवश्यक कारबाहीका लागि अनुसन्धान भैरहेको अख्तियार कार्यालयले जनाएको छ ।