६ लाख घुस सहित नासु पक्राउ

पोखरा, फागुन ८ ।
बारा स्थित मालपोत कार्यालयका नायव सुब्बा घुस सहित पक्राउ परेका छन् । नासु मनोज कुमार खनाल र सोही कार्यालयमा लेखापढी गर्ने बद्री प्रसाद बडालले सेवाग्राहीले किन्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनि फुकुवा गरिदिने भन्दै घुस मागेका हुन् ।

उनीहरुले जग्गा फुकुवा गरेर छिटो पास गराईदिने र त्यस बापत्र ६ लाख मागेका थिए । उजुरीका आधारमा अख्तियारले उनीहरुलाई ६ लाख रुपैयाँ घुस लिईसकेको अवस्तामा रकम सहित पक्राउ गरेको हो ।

जीतपुर स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रबक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।