घुस लिएको आरोपमा पक्राउ परेका ढोरपाटनका इन्जिनियरमाथी मुद्धा दायर

पोखरा, साउन २५ ।
बागलुङको ढोरपाटनका इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । केही समयअघि ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीले गुजा, सिलगुम, ओखरधारा, खोलेसिबाङ सडकका उपभोक्ता सँग अन्तिम मुल्यांकन गराउने क्रममा १ लाख लिएका थिए ।

सोही बेला अख्तियार पोखराले उनलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका अधिकारी विरुद्ध वीगो १ लाख कायम गरी भ्रष्टाचार मुद्धामा विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर भएको हो ।