घुम्तीमा ओभरटेक गर्दा ४ वटा गाडी दुर्घटना

तनहूँ, कार्तिक १५ ।
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ नाहालामा दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्डमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

डुम्रेबाट दमौली तर्फ जादै गरेको दुईवटा सवारी र दमौलीबाट डुम्रेतर्फ आउदै गरेको दुईवटा एकपटक दुई लेनको सडकमा चार वटा सवारी हुँदा दुर्घटना भएको घटना स्थलबाट प्रहरीले जानकारी दिए ।

दमौलीबाट डुम्रे तर्फ आउदै गरेको ना ५ ख २८४६ नम्बरको बसले बा १ ञ २१७२ नम्बरको पिकअप भ्यानलाई घुम्तीमा ओभरटेक गर्दा डुम्रेबाट दमौली तर्फ जाँदै गरेको ना ६ ख ६१८५ नम्बरको ट्रकसंग ठोक्किदा उक्त दुर्घटना भएको हो । सडक आधा घण्टा अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको टोलिले सडक सुचारु गराइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले डिएसपी लिलाराज लामिछानेले बताए ।