घारीकुलो आमा समुहको अध्यक्षमा : धनुमाया कोइराला

 

पोखरा, मंङसिर २९ ।

पोखरा महानगरपालिका वडा नं. १७ स्थित घारीकुलो आमा समुहको शनिबार सम्पन्न तेश्रो साधारण सभा एवम् प्रथम अधिवेशनले धनुमाया कोइरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

सो समुहको प्रथम उपाध्यक्षमा द्रोपती आचार्य, द्धितीय उपाध्यक्षमा समिका अधिकारी, सचिवमा दुर्गा पौडेल, सह–सहचिवमा बुद्धिकुमारी पौडेल, कोषाध्यक्षमा कल्पना अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा अनुपा आचार्य, शान्ति रेग्मी पौडेल, सिता रानाभाट, गोभादेवी भण्डारी, सितादेवी चापाई, मायादेवी चापागाई, मायादेवी पौडेल र सावित्री नेपाली रहेका छन् ।

अधिवेशनले समुहको आशमती श्रेष्ठ, नानुमाया कार्की, चन्द्रकला बस्नेत, इन्द्र खड्का र रमाकुमारी लम्साल रहनु भएको एक सल्लाहकार समिति पनि गठन गरेको छ ।

सो अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका कार्य समिति सदस्य राधीका शाही योगीले समुहको माध्यमबाट नेतृत्व विकास गर्न सफल आमाहरु अव उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याईन् ।

समुहका अध्यक्ष आशमती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा घारीकुलो टोल विकास संसथका अध्यक्ष विजय आचार्य, सहकारीका अध्यक्ष ढाकाराम ढकाल, पत्रकार हरि बास्तोला, स्थानीय समाजसेवी दिपक भण्डारी, टोपराज ढुङ्गाना, कृष्णप्रसाद पौडेल, वसन्त लम्साल, कुलराज पौडेल लगायतले महिला सशक्तिकरण अपरिहार्य भएको उल्लेख गरे ।

अधिवेशनमा अध्यक्ष आशमती श्रेष्ठले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी अधिकारीले चार लाख ४२ हजार ८१५ बराबरको आयव्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा गंगा देवकोटाले स्वागत र इन्दु खड्काले सञ्चालन गरेकी थिईन् । (रासस)