घरेलु रक्सी पिएर धनुषामा ५ जनाको मृत्यु

धनुषा, फागुन ३० ।
धनुषामा घरेलु रक्सी पिउँदा ५ जनाको मृत्यु भएके छ । अत्यधिक रक्सी पिएका क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ४० वर्षीय विलास मण्डल, ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव र ३० वर्षीय राजु महरा रहेको प्रहरीले जनाएको छ । रक्सी सेवन गरेका ३ जनाको बुधबार नै मृत्यु भएको थियो भने विरामी परेका २ जनाको शुक्रबार मृत्यु भएको हो ।

अत्यधिक रक्सी पिएका २७ बर्षिय इनरजीत महरा गम्भीर बिरामी परेका छन् । रक्सीमा विषाधी तत्व हुन सक्ने अनुमान गरिएको छ ।