ग्लोवल आईएमईका सेवाग्राहीलाई गण्डकीमा छुट

पोखरा, साउन १५ ।
ग्लोवल आईएमई बैंकका सेवाग्राहीलाई गण्डकी मेडिकल कलेजमा छुट हुने भएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज घिमिरे र ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका डेविट, क्रेडिट, प्रिभिलेज कार्ड होल्डर र कामदारहरुलाई विभिन्न शीर्षकका स्वास्थ्य सेवामा छुट हुनेछ ।

सबैभन्दा धेरै रजिष्ट्रेसन फिमा २५ प्रतिशत छुट छ भने ल्याव, एक्सरे, युएसजी, सिटी स्क्यान, एमआरआई, बेड चार्ज, ईसिजी, ईईजी, फिजिओथेरापी, डेण्टल, ईको र डोप्लरमा १० प्रतिशत छुट हुने कलेजका प्रशासन प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

कलेजले ५ सय ५० शैयाको अस्पताल सञ्चालन गरिरहेको छ । नेपाल सरकारबाट सञ्चालित सामाजिक स्वास्थ्य सुरक्षा बिमा कार्यक्रम, नवजात शिशु सुरक्षा कार्यक्रम, क्षयरोग, रक्तसञ्चार सेवा र क्यान्सर तथा न्यूरो विरामीका लागि १ लाखसम्मको उपचार खर्च नेपाल सरकारबाट दिने गरी नयाँ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो बर्षदेखि मुटुका विरामीका लागि क्याथ ल्याव समेत सञ्चालनको तयारी भैरहेको पौडेलले बताए ।