गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्धारित् समयमै बन्छ : सीताराम कट्टेल

 

अर्घाखाँची, पुस १० ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही महिनामा सम्पन्न हुने जनाइएको छ ।

बिहीबार अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले एकीकृत नमुना बस्तीजस्तै निर्धारित् समयमै रंगशाला सम्पन्न हुने बताए ।

‘केही महिनाभित्रमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय खेलमैदान तयार हुन्छ । धेरै समय पनि लाग्दैन’–उनले भने ।

उनले रंगशालामा ७७ ओटै जिल्लाका लागि एकरएकओटा कक्ष निर्माण भइरहेकोसमेत जानकारी दिए ।

तर, त्यसका लागि हरेक जिल्लाले आ–आफ्नो कक्ष निर्माणको जिम्मा लिए त्यसको अपनत्व बढ्ने जिकिर पनि उनले गरे ।

उनले पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति आउने र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताए ।
(ईमेजखबरबाट साभार)