गोरखा कांग्रेसमा पैसा तिरेर आवेदन बुझाउँदै उम्मेदवार

गोरखा, असोज १० ।
चुनाव लड्ने आकांक्षी धेरै भएपछि नेपाली कांग्रेस गोरखाले आकांक्षी बाट सशुल्क आवेदन लिएको छ । आउँदो मंसीर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षीले पाँच हजार रुपैंया र प्रदेशसभा निर्वाचनका लागि तीन हजार रुपैंयाका दरले शूल्क तिरेर नेताहरुले क्षेत्रीय कार्यसमितिमा आवेदन दिएका हुन् ।
प्रतिनिधिसभाको क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ पार्टी सभापति हरिबहादुर घले, मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेताहरु राजेन्द्र बजगाइँ, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, बुद्धि प्रसाद श्रेष्ठले आवेदन दिएका छन् । समानुपातिक तर्फ नेताहरु जीवनप्रेम श्रेष्ठ, कमला लामिछाने, जगतबहादुर बराम, माला गुरुङले आवेदन बुझाएका हुन् ।
यस्तै क्षेत्र नं. १ को प्रदेशसभा १ मा प्रत्यक्षतर्फ नेताहरु धिरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, बिश्वदेव श्रेष्ठ, जनाद्र्धन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुरप्रसाद पन्त, भगवानबाबु मास्के, ध्रुवप्रसाद खनाल, जानुका पन्त, कमल प्रसाद अम्गाई रहेका छन् । समानुपातिक तर्फ नारायणप्रसाद लामिछाने, कृष्णबहादुर आले, अलिउल्ला मियाँ, राममया श्रेष्ठ, पम्फा गान्धारी, टीका श्रेष्ठ, कमला लामिछाने, हरिबहादुर गान्धारी, पुष्प श्रेष्ठले आवेदन दिएका हुन् ।
क्षेत्र नं. १ को प्रदेशसभा २ मा प्रत्यक्षतर्फ पार्टी सचिव नन्दप्रसाद न्यौपाने, ठाकुरप्रसाद पूडासैनी, डिल्लीराम तिमिल्सीना, युवराज बस्ताकोटी, भरत भट्ट, फणिन्द्रप्रसाद भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, सित्तलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट, प्रेमकुमार खत्रीले आवेदन दिएका छन् । समानुपातिकतर्फ दोलक बहादुर बिक, सलावतदीन मियाँ, जीवनराज वन्त, गोमा ढकाल रहेको कांग्रेस क्षेत्र नं. १ का सभापति धिरन थापाले जानकारी दिए ।
कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ केन्द्रिय सदस्यद्वय सुरेन्द्रराज पाण्डे, कमला पन्त र नेताहरु अब्दुल सतार, चेतमान श्रेष्ठ, राजनदेव भट्टले आवेदन दिएका छन् । यस्तै समानुपातिक तर्फ मनमाया गुरुङले मात्रै आवेदन दिएकी छन् ।
क्षेत्र नं. २ को प्रदेशसभा १ मा प्रत्यक्षतर्फ नेताहरु रबीकला खनाल, बलराम खड्का, इमानसिंङ बस्नेत, अम्विका न्यौपाने, पदमप्रसाद भट्टराई, कृष्णप्रसाद पोखरेल, ईश्वर परियार, चन्द्रप्रकास मरहट्टा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ, गेहेन्द्रराज बिष्टले आवेदन दिएको कांग्रेस क्षेत्र नं. २ का सभापति गोबिन्द गुरुङले बताए ।
समानुपातिकतर्फ नेताहरु मसलीमाया थोकर, डा. मोदनाथ मरहट्टा, चेतबहादुर गुरुङ रहेका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा २ को प्रत्यक्षतर्फ नेताहरु गोबिन्द बहादुर गुरुङ, मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, सुकदेव दवाडी, ओम गुरुङ, मोहनप्रकाश पोखरेल, सीपी पोखरेल रहेका छन् । समानुपातिकतर्फ नेताहरु इन्द्र गुरुङ, गौरी तामाङ, जनककुमारी कोइराला, मीना अधिकारी, सलाउदीन मियाँ, सुनिता पोखरेलले आवेदन दिएका हुन् ।
पार्टी कार्यालयमा बस्ने क्षेत्रीय कार्यसमितिको बैठकले सकेसम्म सर्वसम्मत रुपमा उमेद्वार चयन गर्ने बताइएको छ । सर्वसम्मत नभए आवेदन परेका सबै नाम जिल्ला कार्यसमितिमा पठाउने तयारी छ । उमेद्वारहरुको टुंगो जिल्ला कार्यसमिति बैठकबाट नभएमा केन्द्रिय कार्यसमितिमा पठाउने कांग्रेसले नियम बनाएको छ ।