गोरखामा दुई बालक स्कुलबाटै वेपत्ता

गोरखा, मंसिर १९ ।
गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका छन् । गोरखा सदरमुकामको द वल्र्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ववल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहान देखि हराएका हुन् ।

शहिद लखन गाउँपालीका ६ घैरुङ घर भई गोरखा सदरमुकाम बस्दै आएका प्रज्ज्वल र शहिद लखन गाउँपालीका ७ बुंकोटका रोशन बिहानी सत्रको पढाई सकेपछि हराएका हुन् । बिहान ६ देखि सवा ८ वजेसम्म बिहानी सत्रको कक्षामा बसेका उनीहरु खाना खाने छुट्टिमा घर निस्किएका थिए ।

तर घर नगाई उनीहरु सम्पर्क विहिन भएका विद्यालयका प्रिन्सिपल जनक केसीले बताए । कक्षाकोठामा भएको झोला अरु साथीहरुको सहयोगमा झ्यालबाट लिएर हिँडेको साथीहरुले बताएका उनको भनाई छ ।

दिवा सत्रको कक्षामा उपस्थित नभएपछि तत्काल अभिभावकलाई जानकारी दिइएको केसीले बताए । प्रहरी, बालकका आफन्त र विद्यालय परिवारले हिजैदेखि बालकद्धयको खोजी शुरु गरेको छ । सदरमुकामको सिसि क्यामेरा फुटेजका आधारमा उनीहरु हिजो बिहान १० वजेतिर आँबुखैरेनी गोरखा सडकखण्डको खोलखोले आसपास देखिएका बालक प्रज्ज्वलका आफन्त दिनेश थापाले जानकारी दिए ।