गोरखाको मनास्लु पदमार्गमा ढुंगा खसेर एकजनाको मृत्यु

पोखरा, असोज १५ ।
मनास्लु पदमार्गमा ढुंगा खसेर लाग्दा एकजनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ सल्लेरी भीरमा हिँडिरहेकी स्थानीय १७ वर्षीया सलिना गुरुङको मृत्यु भएको हो ।

माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी सलिनालाई उपचारको क्रममा हेलिकोप्ट मार्फत काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।